घरेलु मैदानमा इंगल्याण्डको लज्यास्पद हार

इंगल्याण्ड, भदौं २४ ।

इएफए नेसन्स लिग फुटबलमा इंगल्याण्ड स्पेनसँग पराजित भएको छ । घरेलु मैदानमा खेलेको इंगल्याण्डले खेल २–१ ले पराजित भएको हो ।
खेलको ११ मिनेटमै मार्कस रसफोर्डले गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा हार खान पुग्यो ।

गोल खाएको दुई मिनेटमै साउल निग्वेजले गोल पहिलो गर्दै स्पेनलाई बराबरीमा ल्याएका थिए ।

३२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसपछि खेलमा तनावमा मात्रै भयो गोल भएन ।

ल्युक शा, जोन स्टोन्स र ड्यानी रोजले पहेंलो कार्ड खाए तर, गोल गर्न सकेनन् ।

लिग ए को समूह ४ मा रहेको इंगल्याण्ड र स्पेनसंगै क्रोएसिया पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!