‘श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो’

काठमाडौं, भदौ २४ । तीन बर्षअघि प्रहरीले संगठनमा आन्तरिक सर्वेक्षण गरेको थियो । जसमा तल्लो तहका प्रहरीले आफूहरुलाई माथिल्ला तहका कर्मचारीले निकै रुखो व्यवहार गर्ने गुनासो पोखे ।

कम्तीमा श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो, एक प्रहरी हवल्दारको गुनासो थियो, हाकिमबाट सधैँ नोकरको जस्तो व्यवहारले साह्रै चित्त दुख्छ ।

अन्य प्रहरीले पनि माथिल्लो तहका अधिकृतले व्यवहार राम्रो नभएको बताएका थिए ।

प्रहरीको योजना अन्वेषण निर्देशनालयले तयार पारेको रिपोर्टमा प्रहरीभित्रै व्यवहार सुधार गर्न आवश्यक देखिएको छ । आजकोनयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!