पुषदेखि नेपाली पानीजहाज चल्ने, बाटो बन्न मेलम्ची कुर्नैपर्ने– प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको बाटोको समस्या हल गर्न मेलम्ची खानेपानी आयोजना पुरा हुनुपर्ने बताएका छन् । शनिवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भत्किएको बाटो मर्मत गर्न मेलम्चीका कारण समस्या भएको बताएका हुन ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश अक्षयकोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भत्किएको बाटो मर्मत गर्न अझै ६ महिना लाग्ने बताए ।

मेलम्चीको काम सम्पन्न भएर उपत्यकामा पानी आएको दुई वर्षभित्र सबै बाटोको स्तरोन्नति गरिने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि तराईका कुनै पनि बस्ती डुबानमा नपर्ने भन्दै सुरक्षित बस्ती कसरी बसाउने भन्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको बताए ।

प्रधानमन्त्री ओलीले आगामी असोज १ गतेबाट नेपाल र भारतको संयुक्त टोलीले नदीको बाटो हुँदै कोलकाता जाने रुटको सर्वेक्षण गर्न भन्दै आगामी वर्षको पुसबाट नेपालका नदीहरुमा पानीजहाज चलाउने जिकिर गरे ।

कार्यक्रममा ओली वंश प्रधानमन्त्री ओली, उनका बुबा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन पनि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!