हेलिकप्टरमा सवार ६ जनाको मृत्यु, १ जनाको जीवितै उद्धार

धादिङ, नुवाकोटको म्यागङ गाउँपालिका–१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अल्टिच्युड एअरको हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजनाको भने जीवितै उद्धार गरिएको छ ।

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्कविहीन भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा ६ जनाको शव भेटिएको छ भने डोल्मा डिकीलाई अचेत अवस्थामा उद्धार गरिएको कुँवरले बताउनुभयो । भेटिएका शवको पहिचान भने हुन नसकेको उहाँको भनाइ छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाडौं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिनुभयो ।

हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ ।

काठमाडौंबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकप्टरले पर्यटक छाडेर त्यहाँबाट क्याप्टेनसहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!