घरेलु मैदानमा बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, भदौ २३ । वंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेल नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको छ । या‍े जितसँगै नेपाल समूह ए काे  विजेता बन्दै सेमीफाइन पुगेकाे छ । भने पाकिस्तान समूह उपविजेता बनेकाे छ ।

नेपालका लागि खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे । उनको सुन्दर गोल मद्दतले नेपालले बंगलादेशविरुद्धको अग्रता दोब्बर पारेको हो । त्यस अघि नेपालका लागि स्ट्राइकर विमल घर्तीले फ्रि किकमार्फत खेलको ३३ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । सेमिफाइनल यात्राको लागि नेपाललाई आज जित्नै पर्ने दवाव थियाे ।

आजै भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले पराजित गरेपछि नपाललाई जित्नै पर्ने दबाब भएको हो। अब नेपाल सेमीफाइनलमा समूह बी काे उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!