नेपाल २–० ले अगाडि

काठमाडौं, भदौ २३ । वंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेल नेपाल र बंगलादेशबीचको खेल चलिरहेको छ । पहिलो हाफ सकिदासम्म नेपाल २–० गोल अगाडि छ ।

नेपालका लागि खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे । उनको सुन्दर गोल मद्दतले नेपालले बंगलादेशविरुद्धको अग्रता दोब्बर पारेको हो । त्यस अघि नेपालका लागि स्ट्राइकर विमल घर्तीले फ्रि किकमार्फत खेलको ३३ औं मिनेटमा गोल गर्दै नोपललाई अग्रता दिलाएका हुन् । सेमिफाइनल यात्राको लागि नेपाललाई आज जित्नै पर्ने दवाव छ ।

आजै भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले पराजित गरेपछि नपाललाई जित्नै पर्ने दबाब भएको हो। आजको खेलमा नेपालले जिते सेमिफाइनलमा पाकिस्तानसंगै भिड्ने छ । बंगलादेश जित र बराबरीको स्थितिमा पनि सेमिफाइनलमा पुग्ने छ ।

नेपाली टीमाः किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास, विमल घर्तिमगर।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!