१० किलो अवैध सुनसहित दुई पक्राउ

गोरखा, भदौ २३ । उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् ।

चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बिमल बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

“चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको हो”, प्रहरी उपरीक्षक बस्नेतले भने ।

यसअघि गोरखाको उत्तरी क्षेत्र हुँदै नेपालमा सुनको तस्करी भइरहेको आशंकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!