प्रकाण्डसँग मानवअधिकारवादीको भेट

दाङ, भदौ २३ । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पूर्वमन्त्री एवं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ ।

भेटघाटको क्रममा टोलीले प्रकाण्डसँग हिरासत बसाईको अवस्था बारेमा जानकारी लिएको थियो । सो क्रममा नेता प्रकाण्डले राज्यले गैरन्यायिक तरिकाले आफूमाथि मुद्धा चलाइरहेको दावी गरे । हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाए ।

शनिबार विज्ञप्ती जारी गर्दै सञ्जालले प्रकाण्डको श्रृखलाबद्ध गिरफतारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले पटकपटक रिहा गर्न आदेश दिँदादिदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफना नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने मानवअधिकारको सम्मान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ । प्रहरी हिरासतमा मानवअधिकारका दृष्टिले प्रकाण्डमाथि गरिएको व्यवहार सन्तोषजनक रहेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले जानकारी दिए ।

संयोजक शर्मासहित सञ्जालका सदस्यहरु चन्द्रराज पन्त, सुशील गौतम, श्रीमन न्यौपाने, भुपेन्द्र वली र जेएन सागर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याइएको हो । अदालतले विश्वकर्मालाई रिहाई गर्न पटकपटक आदेश दिएतापनि प्रहरीले पाँचौ पटक उनलाई गिरफतार गरि दाङबाट मुद्धा चलाएको छ । फाइल फाेटाे

कमेन्ट गर्नुहोस्

error: Content is protected !!