UPDATE: बेगनासमा डुंगा पल्टिदाँ एकको मृत्यु, ५ बेपत्ता

पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । भने पाँच जना बेपत्ता भएका छन् । ९ जना सवार डुंगा शनिबार अपरान्ह पल्टिदा बेपत्ता हुनेमा दुई महिला र तीन जना बालबालिका रहेका छन् ।

चार जनाका उद्धार गरिएकामध्ये कृष्णकुमारी बजगाईको मृत्यु भएको हो। घटनामा दुई महिला र दुई पुरुषको उद्धार गरिएको थियो। उद्धार गरिएका निषा पौडेल, सपना खनाल र कमलराज कडेँलको शिशुवास्थित लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु पोखरा–३० बेगनासका कमलराज कँडेलले शनिबारका लागि आयोजना गरेको तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका एकै परिवारका चारसहित ९ जना डुंगा दुर्घटना परेका थिए । कँडेल निम्तालुलाई लिन आफ्नै डुंगामा ताल वारि आएका थिए।

उद्धार गरिएका निषा पौडेल, सपना खनाल र कमलराज कडेँलको शिशुवास्थित लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। साथै बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!