निजामती पुरस्कार पाउने योग्य कर्मचारी भटिएन

काठमाडौं, भदौ २३ । योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेको छैन । सरकारले हरेक बर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ ।

 

दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । नेपाल समाचारपत्रमा खबर छ । पुरस्कार पाउने कर्मचारी भेटिएन शिर्षका छापिएको समाचारमा भनिएको छ, तर अघिल्ला बर्ष जस्तै यस बर्ष पनि सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

 

दुई बर्ष अघि तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!