म कसरी हाँस्न सकुँला र खै ?

कविता: राजु डुम्रे

देश डुबेको छ
पहाड चोइटिएर
ढलिरहेको छ
हामी जनताहरु
ताली पिट्दै पिट्दै
नेताहरुको खिल्ली
उडाइरहेको छ ….

पहाड भत्किएर
तराइ रोइरहेको बेला
तराइ डुबेर
हिमाल अनि पहाड
रोइरहेको बेला
सिङ्गो देश रोइरहेको बेला
हामी कसरी हाँस्न सक्छु
हामी युवाहरु ,
रेगिस्तानको मरुभुमिमा
सुख को खोजीमा
भौँतारिरहेको बेला

आमाहरु, भाउजुहरु
अनि बुबाहरु दिदीहरु
दाजु हरु भाइ बुहारीहरु १
……………………..

पहिरोले थिचिरहँदा
अनि बाढीले बगेको
दृश्यहरु, फेसबुकको वालहरु
लाश र घाइतेको शरीरहरु
रगताम्य भएको देखिरहदा
विक्षिप्त हुन्छ नेपाली मन
अनि आँसु खसाल्न बाध्य हुन्छ
परदेशी युवा जवानहरु

चर्को घाममा बगेको पसिनाले
सुकेका ओठ भिजाउँदा
देश रोइरहेको बेला
कसरी हाँस्न सकुला
पसिना सङ्ग सङ्गै आँसुको थोपा
हामीले पिइरहेको बेला
म पनि रोइरहेको छु
सारा नेपालीहरु रोइरहेको छ
हाम्रो देश रोइरहेको बेला ।

दोहा, कतार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!