भारतीय बुद्धिजीवीहरूमाझ प्रचण्डले भने- भारतले साना देशहरूको सम्मान गर्न सक्नु पर्दछ

नयाँ दिल्ली, भदौ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले साना देशहरूको विशिष्ट संवेदनशीलता हुने र ठुला छिमेकीले त्यसलाई बुझिदिनु पर्ने  बताए । साथै उनले ठुला छिमेकीले त्यसलार्इ सम्मान गर्नुपर्ने पिन बताए ।

भारतको राजधानीमा एक व्याख्यानका क्रममा अध्यक्ष प्रचण्डले दुई छिमेकीबीचको पारस्परिक सम्बन्ध अन्य दुई देशबिचको सम्बन्धभन्दा विशिष्ट हुने भन्दै एक-अर्काको सम्प्रभुता, भौगोलिक अक्षुणता र अन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गर्नाले आपसी विश्वास र समझदारी झनै सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

‘इण्डियन काउन्सिल फर वर्ल्ड अफेयर्स- आइसीडब्लुए’द्वारा आयोजना गरिएको ‘सप्रू हाउस लेक्चर’को ३१ औँ शृंखलामा ‘रिसेन्ट डिभेलपमेंट्स इन नेपाल एंड एड्भान्सिङ इण्डिया-नेपाल पार्टनरसिप फर शेयर्ड प्रोस्पेरिटी’ (नेपालमा पछिल्लो विकासक्रम एवं साझा समृद्धिका लागि भारत-नेपाल साझेदारी) विषयमा भारतीय बुद्धिजीवीहरूमाझ व्याख्यान दिने क्रममा अध्यक्ष प्रचण्डले नेपाल र भारतका थुप्रै चुनौतीहरू रहेको र ती चुनौतीहरूसँग जुझ्न साझा पहल आवश्यक रहेको बताएका छन् ।

आफ्नो लगभग आधा घण्टा लामो व्याख्यानका क्रममा अध्यक्ष प्रचण्डले नेपालले सशस्त्र विद्रोहदेखि संविधान निर्माण सम्मको कठिन बाटो सफलतापूर्वक पार गरेको र वर्तमान संविधानसँग २ करोड ८० लाख नेपालीहरूको सपना गाँसिएको समेत उल्लेख गरे ।

प्रचण्डले उक्त ऐतिहासिक परिवर्तनमा भारत लगायत अन्य मित्र राष्ट्रहरूको साथ् रहेकोमा प्रसन्नता समेत प्रकट गरेका थिए ।

आर्थिक रुपान्तरणबिना राजनैतिक उपलब्धिलाई संस्थागत गर्न सकिंदैन ।

नेपालमा राजनैतिक परिवर्तन भइसकेको र देश अब आर्थिक परिवर्तनको बाटोमा रहेको उल्लेख गर्दै प्रचन्डले भने, “आर्थिक रुपान्तरणबिना राजनैतिक उपलब्धिलाई संस्थागत गर्न सकिंदैन ।”

नेपाल र भारतबीचको पारस्परिक सम्बन्धलाई मात्र दुई देशबीचको सम्बन्धका रूपमा हेर्न नहुने बताउँदै प्रचण्डले भने, पारस्परिक विश्वासको वातावरण र एक अर्काका संवेदनशीलतालाई बुझ्ने र सम्मान गर्ने गर्नाले सम्बन्ध अझै प्रगाढ हुन्छ ।”

नेपाल र भारतबीच सदियौंदेखिको पारस्परिक सम्बन्ध रहेको भएतापनि यसमा पनि केही उतार चढाव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आपसी सम्बन्धमा असहजता आउँदा पनि सम्बन्धको गरिमाप्रति गम्भीर हुने हो भने तिक्तताहरू बढी दिन नटिक्ने बताए ।

नेपाल र भारत दुवै देशमा विद्यमान विविधता विकासको लागि दुर्लभ अवसरका रहेको र यो दुबै देशको सम्पदाको रूपमा रहेको उल्लेख गर्दै प्रचण्डले दुई देशबीच थुप्रै क्षेत्रमा साझेदारी हुन सक्ने बताए ।

प्रचण्डले नेपालमा अहिले सडक संजाल र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने समय रहेको भन्दै उन्नत खालका अनुसन्धान केन्द्र तथा आविष्कार केन्द्रहरूका साथै शैक्षिक संस्थाहरूलाई उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्न समेत आपसी साझेदारी गर्न सकिनेमा जोड दिए ।

त्यस्तै जलस्रोतको क्षेत्रमा नेपालको क्षमता र भारतको अवश्यकता समेत आपसी सहयोगको एउटा आयाम बन्न सक्नेमा प्रचण्डको जोड थियो ।

प्रधानमन्त्री मोदीले छोटो अवधिमा नै चार-चार पटक नेपालको भ्रमण गरेर १७ वर्ष लामो शुन्यता तोडिदिएको र यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए ।

प्रधानमन्त्री मोदीले छोटो अवधिमा नै चार-चार पटक नेपालको भ्रमण गरेर १७ वर्ष लामो शुन्यता तोडिदिएको र यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको  स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सीमामा नेपालीहरू प्रति हुने दुर्व्यवहार रोक्न मुख्य नाकाहरूमा एकीकृत चेकपोस्ट स्थापना गर्नुपर्नेमा समेत जोड दिए ।

‘सप्रू हाउस लेक्चर शृंखलामा यो प्रचण्डको दोसो व्याख्यान हो । यस अघि उनले सन् २०१३ मा तेस्रो शृंखलामा समेत व्याख्यान दिएका थिए ।

यस शृंखलाको आयोजक ‘इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स-आइसीडब्लुए नयाँ दिल्लीस्थित भारत सरकारको ‘थिंक ट्यांक’ हो । १९४३ मा स्थापित यस संस्थाको उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश अमिला सम्बन्धि अध्ययन गर्नु रहेको छ ।

सन् २००१ मा भारत सरकारले यसलाई ‘राष्ट्रिय महत्वको संस्थान’ घोषित गरेको थियो । यसमा भारतका उपराष्ट्रपति पदेन अध्यक्ष र परराष्ट्रमन्त्री उपाध्यक्ष रहने व्यवस्था रहेको छ ।

यो संस्था संयुइक्त राष्ट्र संघको प्राज्ञिक समूहको सदस्य पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!