धनगढी तीज मिलन कार्यक्रम सम्पन्न

धनगढी, भदौ २२। धनगढी उप–महानगरपालिका महिला जनप्रतिनिधीहरु र कर्मचारीले तीज मिलन कार्यक्रम धुमधामसंग मनाएका छन् ।

शुक्रबार महिला जनप्रतिनिधी र महिला कर्मचारीहरुबीच नजिकिदै गरेको तीजकोे शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको धनगढी उप–महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले बताए । उनले भने,‘हरेक संस्कृति, परम्परा र चाडपर्वहरुलाई स्थानीय सरकारले प्राथमिकता दिन्छ ।

धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले तिज र तिजका गितहरुले समुदायमा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले भने,‘बाहिरी सिको होईन तिजका गितले दिने सन्देश समाज रुपान्तरणका लागि हुनुपर्छ । धनगढी उप–महानगरपालीकाले महिला जनप्रतिनिधीहरु र कर्मचारीका लागि आउने बर्षहरुमा समेत तिज मिलन कार्यक्रमहरु आयोजन गर्ने बताए ।

नगरप्रमुख वडले जनप्रतिनिधीहरु र नगरपालीकाका कर्मचारीहरुले कुनैपनि बाहनामा जनतालाई दुःख दिएमा सैह्य नहुने बताए । नगरका कर्मचारी र जनप्रतिनिधीहरुले समेत आफ्नो घर अगाडीको नाली सफा नगरेको समेत फेला पारेको छु नगरप्रमुख वडले भने,‘यस्तो हुनु हुदैन ।

धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले तिजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन । उनले भनिन्‘तिजलाई दुःख दर्द सुनाउने पर्वको रुपमा मात्रै नभएर महिलामा सशक्तिकरण ल्याउने पर्वको रुपमा लैजानुपर्छ । उनले अहिले पनि हरेक निहुँमा महिला माथी हिंसा भैरहेको बताईन । कार्यक्रम उप–प्रमुख सुशिला मिश्र भट्टको सभापतीत्व र नगरप्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यमा भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!