गरिब विद्यार्थी पढाउन मोहना माविको पूर्व विद्यार्थीहरुद्धारा अक्षयकोष स्थापना

चितवन, भदौ २२ । चितवनको रत्ननगर नगरपालिका ९ मा रहेको मोहना माध्यामिक विद्यालयका २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले गरिब विद्यार्थी पढाउन अक्षयकोष स्थापना गरेका छन् । पूर्व विद्यार्थीहरुको सक्रियतामा गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको हो ।

वडाको सबैभन्दा पुरानो र एक मात्र उच्च शिक्षासम्म अध्ययन गराउन सरकारी विद्यालयमा गरिब विद्यार्थीहरुलाई समेत शिक्षाको पहँच दिलाउन सो अक्षयकोष स्थापना गरिएको उनीहरुले बताए । २०५९ सालको एसएलसी ब्याचका विद्यार्थी देवनारायण पौडेलको संयोजकत्वमा समाजिक सञ्जालमार्फत आफ्नो व्याचका विदार्थीबाट रकम संकलन गरि अक्षयकोष स्थापना गरिएको हो ।

शुक्रबार भव्य समारोहका माझ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य र प्रचार्य बोधराज पोख्रेरललाई १ लाख ३२ हजार ८४२ रुपयौँ अक्षयकोषको चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै वडा अध्यक्ष आचार्यले सरकारी विद्यालयको पहिचान दिलाउन पूर्व विद्यार्थीहरुको सहयोग महत्वूर्ण भएको बताए ।

पूर्व विद्यार्थीहरुलाई स्वागत गर्दै प्रचार्य बोधराज पोख्रेरलले सबै विद्यार्थीहरु धन्यवाद ज्ञापन गरेका थिए । उक्त ब्याचका ४७ जना विद्यार्थीहरुले ३ हजार देखि ११ हजार रुपैयाँ प्रति व्यक्ति स्वच्छीक सहयोग गरि रकम संकलन गरिएको अक्षयकोष संकलन संयोजक देवनारायणले जानकारी दिए ।

झण्डै तीन महिनाको अवधिका विद्यार्थीहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै रकम संकलन गरेका थिए । आगामी बर्षदेखि छात्रवृत्ति प्रदान गर्ने गरि हस्तान्तरण गरिएको कार्यक्रममा पूर्व विद्यार्थीहरु कल्पना वास्तोला, पुजा पाख्रेरल, दिपेन्द्र खरेल, अध्योध्या पौडेल, जयराम अधिकारीलगायतको सहभागी थियो ।

यस्तै विद्यालयमा रहेको शिशुकक्षालाई स्टेशनरी पनि हस्तान्तरण गरिएको थियो । सो अवसरमा अन्तर कक्षा तीज गित प्रतियोगिता समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!