व्यापार घाटा कम गर्न भारतीय बजारमा नेपाली सामानको सहज पहुँच हुनुपर्छ – प्रचण्ड

नयाँदिल्ली, भदौ २२ । चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड नेपालको भारतसँगको व्यापार घाटा कम गर्न भारतीय बजारमा नेपाली बस्तुको सहज पहुँचको वाताबरण हुनु पर्ने बताएका छन् ।

भारत सरकारको निमन्त्रणामा चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो ब्यास्त कार्यक्रम बिच दिल्ली स्थित प्रवासी नेपाली संघसंस्थाका जन प्रतिनिधिहरूलाई संबोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा भएको कार्यक्रममा प्रवासीहरुका सरोकारका बिषयमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी अखिल भारत नेपाली एकता मंचका सचिव आरबि खड्काले प्रचण्डलाई जानकारी गराएका थिए ।

प्रवासी नेपालीका कुरा सुनेपछि जवाफमा प्रचण्डले आफ्नो भ्रमण नेपाल र भारतबीचको ब्यापार घाटा कम गर्न, नेपाली बस्तुको लागि भारतीय बजारमा संभाब्यता खोज्न र दुई देशबीच सन्धिसंझौता र आश्वासनलाई कर्यान्वयन गराऊने दिशामा केन्द्रित हुने बताए ।

बर्तमान अवस्थामा पुराना तिक्तता भुलेर नेपाल भारत संबन्ध नयाँ आयाममा अघि बढेको भन्दै प्रधानमन्त्री केपि ओलीको भारत भ्रमण र भारतीय प्रम नरेन्द्र मोदीको चार पटकको नेपाल भ्रमणले ब्यापक समझदारी र उच्चस्तरमा सम्बन्ध बिस्तार भएको प्रचण्डले बताए ।

प्रवासी नेपालीका बिषयलाई संबोधन गर्दै सन १९५० को सन्धिको समीक्षा भएको र नयाँ सम्झौता नेपालीको हित र संरक्षणलाई ध्यानमा राखेर गरिने, बोर्डर भन्सार र सुरक्षासहित आवत–जावतको बिषयमा समेत भारत सरकारसँग ठोस छलफल हुने बताए ।

यसैगरि प्रवासी नेपालीको सम्पत्तिको रक्षा, बैंक, पेन्सनलगायतका समस्याको बारेमा नेपाल सरकार र आफू जानकार रहेको भन्दै दुई देशबचि सकारात्मक छलफलबाट समस्याको दीर्घकालीन समाधानको पहल भइरहेको बताए ।

भारत भ्रमणमा रहँदा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिह, विदेश मंत्री सुस्मा स्वराज, सुरक्षा सल्लाहकार प्रमुख अजित डोभललगायतसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको छ । साथै केही व्यवसायी र उद्योगीले आयोजना गरेका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!