पत्रकार सडकमा ओर्लिदैनन, तर हामी बाध्य भयौं : अध्यक्ष आचार्य

काठमाडौं, भदौ २२ । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितामा भएका प्रेस सम्बन्धी भएका व्यवस्थाप्रति नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।

बिहीबार बानेश्वरमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले सामान्यतय पत्रकार सडकमा ओर्लिदैनन् तर आफूहर सडकमा आउन बाध्य भएको बताए ।

उनले भने, सामान्यतय पत्रकारहरु आफ्ना कुरा सञ्चार माध्यममार्फत नै व्यक्त गर्ने गर्छन्, सडकमा आउँदैनन् पत्रकारहरु । तपाईले देख्नु हुन्छ पत्रकारहरु विरलै सडकमा आउँछन् ।’

आफूहरुले जिल्लादेखि केन्द्रसम्म सरकारलाई आफ्ना माग र संहितामा प्रेस सम्बन्धी भएको व्यवस्थामा संशाधन गर्न सरकारलाई आग्रह गरियौ तर अहिले सम्म त्यसको सुनुवाई भएन र आज बाध्य भएर सडकमा आउनु परेको आचार्यले दावी गरे ।

हामीले हाम कुरा निरन्तर रुपमा संचार माध्यममार्फत व्यक्त गरिरहँदा पनि सुनुवाई भएन । हामी ज्ञापनपत्रमार्फत देशका ७७ वटै जिल्लामा महासंघको जिल्ला शाखा, प्रदेशमा प्रदेश शाखा र केन्द्रमा पनि हामीले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गरियौं तर केही सुनुवाई भएन ।’

महासंघको शान्तिपूर्ण आन्दोलनमा सुनुवाई नभएपछि आफूहरु बाध्य भएर सरकार, राजनीतिक दल, सांसद र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न आजको विरोध प्रदर्शन गर्नु परको उनले बताए । उनले भने, ‘हाम्रा मागको केही पनि सुनुवाई भएन । त्यसपछि बाध्य भएर हामी यो सडक आउनु पर्यो । बानेश्वरको संसद भवन नजिकबाट हामीे सबै राजनीतिक दल, सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न बाध्य भयौं ।’

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!