प्रचण्डद्वारा सीमा क्षेत्रमा हुने लूटपाट र ज्यादतीबारे भारतीय गृहमन्त्रीको ध्यानाकर्षण

नयाँ दिल्ली, भदौ २२ । भारत भ्रमणमा रहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले सीमा क्षेत्रमा नेपालीमाथि हुने लूटपाट र ज्यादती रोक्न भारतीय गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार अपरान्ह नयाँदिल्लीमा अध्यक्ष प्रचण्ड र गृहमन्त्री राजनाथ सिंहबीच भएको भेटवार्ता भएको थियो । भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने छलफल भएको थियो ।

भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

त्यसअघि अध्यक्षले शुक्रबार बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउदै त्यसलाई रोक्न कडा कदम चाल्न आग्रह गरेका थिए ।

गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी आगामी दिनमा त्यस्ता घटना घट्न नदिने विश्वास प्रचण्डलाई दिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!