प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारको भेट

नयाँ दिल्ली, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बिहिवार भेट भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।

यसअघि प्रचण्डले नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उहाँले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताए ।

छलफलमा अध्यक्षले भन्नुभयो, सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!