प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती पक्राउ

अर्घाखाँची, भदौ २२ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ को सल्लीकोटमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ । बोरामा बाँधेर फालेको अवस्थामा सोमबार भेटिएको शव कपिलवस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको भएको प्रहरीले जनाएको छ ।

श्रीमती राधा जिसीले प्रेमी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरी शव बोरामा बाँधेर फालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खिमबहादुर बमले बताए ।

सन्धिखर्कमा बेबारीसे शव भेटिएको समाचार सञ्चार माध्यहरुबाट प्रकाशन भएपछि राधा प्रहरी सँग श्रीमान हराएको भन्दै शव हेर्न जिल्ला अस्पतालमा पुगेकी थिइन् । तर अस्पतालमा उनले श्रीमानको शव नभएको भन्दै राति नै कपिलबस्तु फर्किएकी थिइन् ।

मृतक धनबहादुर कामको शिलसिलामा बाग्लुङ गएर तीन दिन पछि घर फर्कदा उनकी श्रीमती माइत गएकी थिइन् । पटक पटक घर फर्कनको लागि आग्रह गर्दासमेत श्रीमती नआएपछि धनबहादुर श्रीमती लिन ससुराली पुगेका थिए ।

ससुराली पुगेका धनबहादुरले श्रीमतीलाई अपरिचित व्यक्तिसँग भेटेपछि दुइबीच झगडासमेत भएको थियो । सोही दिन राति धनबहादुर, राधा र रमेश बिकबीच झगडा भएर कुटाकुटसमेत भएको र राधाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

राधाले दिएको बयान अनुसार रमेशले नै शवलाई बोरामा बाँधेर खोल्सामा फालेको प्रहरी निरीक्षक खिमबहादुर घमले बताए । रमेश साउदी अरबमा रहेको बेलादेखि नै उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो ।

रमेश भदौ १० गते नेपाल फर्किएपछि आफ्नो घर रुकुम नगई राधालाई भेट्न पुगेका थिए । रुकुममा श्रीमती र छोराछोरीसमेत भएका रमेश घटना पश्चात फरार रहेको प्रहरीले जनाएको छ । इनयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!