५ दिने चीन भ्रमणमा निस्किए सभामुख महरा

काठमाडौं, भदौं २२ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा पाँच दिने भ्रमणका लागि चीन गएका छन् । उनी १० सदस्यीय टोलीसहित चीनको ल्हासा भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा सभामुख महराले तिब्बत सरकारका उच्च तहका पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । साथै उनको कल्चरल एक्स्पो, हिमालयन वेल्ट एण्ड रोड इन्टरनेशनल फोरम लगायतका अौपचारिक कार्यक्रममा सहभागि हुने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!