डा.हरिहरदेव पन्त तेस्रो स्मृति दिवस सम्पन्न

काठमाडौं । निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउण्डेशनको संयुक्त आयोजनामा मिति भदौ २१ गते विहीबार काठमाडौं नक्सालस्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको हलमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष गणेशबहादुर थापाको सभापतित्वमा र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको प्रमुख आतित्थमा डा.हरिहरदेव पन्त स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा डा.हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष श्री जनार्दन देव पन्तले स्वागत मन्तव्य दिनुका साथै उपस्थित अतिथीहरुलाई स्वागत गरेका थिए । निर्धनले सदैव नयाँ शैलीको कार्यक्रमहरु जस्तै अत्यन्त गरीबहरुको आर्थिक स्थितिमाथि उकास्ने कार्यक्रम, दुर्गम तथा पहाडी क्षेत्रमा स्वावलम्वी समूह पद्धति, समुदायमा आधारित लघु स्वास्थ्य विमाजस्ता अनुसन्धानात्मक लोकप्रिय कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए ।

फाउण्डेशनका अध्यक्ष पन्तले यस स्मृति दिवसमा ‘समृद्धिको मार्गमा’ नामक पुस्तक विमोचन गर्ने, लघु उद्यमका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने उत्कृष्ट लघुउद्यमीहरुलाई ‘लघु उद्यमशील पुरस्कार’, आर्थिक पत्रकारिता जगतमा उत्कृष्ट कार्य गर्ने पत्रकारहरु मध्येबाट उत्कृष्ट पत्रकारलाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ साथै मौद्रिक अर्थशास्त्र तथा ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक हासिल गरी उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शैक्षिक उत्कृष्टता पुरस्कार प्रदान गरिने बारेमा जानकारी गराएका थिए ।

पिरामिडको सबैभन्दा तल रहेका विपन्न वर्गमा सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन लघुवित्तको सुरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार हटाउन लागेका डा.हरिहरदेव पन्तको अधुरा कार्यहरु पूरा गर्न प्रयास गर्ने बारेमा समेत जानकारी गराएका छन् ।

स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तमणि सिवाकोटीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरेका छन् ।

समुदघाटन पश्चात स्वर्गीय डा.हरिहरदेव पन्तको सम्झनामा भिडियो प्रदर्शन गरिएको थियो ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि सिवाकोटीले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका सातै प्रदेश, ७७ वटै जिल्लामा रहेका यस संस्थाका १७९ वटा शाखाका उत्कृष्ट ग्राहक सदस्यहरुबाट संग्रह गरिएको कथाहरुको संगालो ‘समृद्धिको मार्गमा’ पुस्तकको लोकार्पण गरेका थिए ।

लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघु उद्यमीहरुको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघु उद्यमशील पुरस्कार कार्यक्रम सातै प्रदेशका एक एक जनालाई नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर श्री चिन्तामणि सिवाकोटीले प्रदान गर्नु भएको थियो । उक्त पुरस्कार प्रदेश नं.१ बाट तेह्रथुम जिल्ला म्याङलुङ शाखाकी ढाका कपडा उद्योगी श्रीमती चन्दा कुरुङवाङ, प्रदेश नम्बर २ बाट बारा जिल्ला प्रसौनी शाखाकी भैंसीपालन, कृषि, टेक्टर ब्यवसायी श्रीमती सुमिन्त्री देवी पासवान, प्रदेश नम्बर ३ बाट रसुवा जिल्ला कालिकास्थान शाखाकी ब्लक निर्माण उद्योगी श्रीमती बुट्टिमाया तामाङ, गण्डकी प्रदेशबाट स्याङजा जिल्ला वालिङ शाखाकी फर्निचर उद्योगी श्रीमती सीमा सारु, प्रदेश नम्बर ५ बाट रुपन्देही जिल्ला कोटिहवा शाखाकी गार्मेन्ट उद्योगी श्रीमती मोती थारु, कर्णाली प्रदेशबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर शाखाकी कुखुरापालन, फ्रेश हाउस र किराना पसल ब्यवसायी श्रीमती हिरा भण्डारी, प्रदेश नं.७ बाट कैलाली जिल्ला फुलवारी शाखाकी केरा खेती ब्यवसायी श्रीमती बबिता कुमारी चौधरीलाई यसवर्षको डा.हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार जनही नगद रु.२०,०० सहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथीले प्रदान गरेका थिए ।

लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा डा.हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरी हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोमा यसवर्ष आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष गोकर्णराज अवस्थीलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद रु. ३०,००० सहित सम्मान–पत्र कार्यक्रमका सभापति तथा नेपाल राष्ट्र बैंक पूर्व गभर्नर गणेशबहादुर थापाको बाहुलीबाट प्रदान गरिएको थियो ।

आर्थिक क्षेत्रमा तथा ग्रामीण विकासमा योगदान पु¥याउन विद्यार्थीको मनोवल वृद्धि गरी हौसला प्रदान गर्नका लागि निर्धन संस्थाद्वारा डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम प्रदान गर्दै आई रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७०–०७१मा ७४% अंकप्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएका रोशन कर्माचार्यलाई डा.हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार स्वरूप नगद रु. ५०,०००÷– सहित सम्मान–पत्र निर्धन संस्थाका अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठको बाहुलीबाट प्रदान गरिएको थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७०÷७१ मा छात्रातर्फ ६२.२% अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएकी बिशिका पराजुलीलाई पुरस्कार स्वरूप नगद रु. ५०,००० सहित सम्मान–पत्र निर्धन संस्थाका अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठको बाहुलीबाट प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा ओमी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष श्रीमती विन्दिया प्रधानले आफ्नो अमूल्य मन्तब्य दिएका थिए । उनले ग्रामीण क्षेत्र सरकारी तथा कर्मचारी क्षेत्रबाट सफल नभएको परिपे्रक्षमा स्व. डा. हरिहरदेव पन्तले वित्तीय क्षेत्रबाट समेटेर ग्रामीण क्षेत्रका गरीब जनतालाई समेत समेट्न सफल व्यक्तित्व भएको उल्लेख गरे । उनले क्षेत्रगत समस्यालाई पहिचान गरि सम्बन्धित निकायमा पु¥याउँ भन्ने उनको विचारको प्रशंसा समेत गरे ।

सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले गरीबसम्म ऋण पु¥याएर स्व.डा.हरिहरदेव पन्तले गरीबलाई माथि उकास्ने काम गरेको बताउनुभयो । बैकिङ क्षेत्रमा उनले देखेको सपनामा हामी सबैले लाग्नुपर्नेमा जोड दिए । साथै आफूलाई पुरस्कृत योग्य ठान्नुभएकोमा धन्यवाद समेत दिए । स्व. हरिहरदेव पन्तले बैकिंé क्षेत्रका व्यक्तित्वहरुलाई तपाई काठमाडौं शहरलाई मात्र हेछौं, गरीब के हो हेर्न जानुस भनेर भनेको कुरालाई सँधै स्मरण गरिरहने समेत स्पष्ट पारे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले ग्रामीण बैंकिङ पद्धतिलाई लागू गर्ने तथा गाउँमा छरिएर रहेको श्रमशक्तिलाई एकिकृत गर्ने, ग्रामीण क्षेत्रमा रहेको गरीबीलाई न्यूनीकरण गर्ने, मानिसहरुमा वित्तीय साक्षरताको जागरण ल्याएर माइक्रो इन्स्यूरेन्समा लागि परेका स्व. डा. हरिहरदेव पन्तको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । जबसम्म लघुवित्त रहिरहन्छ तबसम्म स्व.डा.हरिहरदेव पन्तलाई नसम्झे लघुवित्तको इतिहास पूरा हुन नसक्ने स्पष्ट पारे । साथै स्व. डा. पन्तले सुरुवात गरेको कार्यक्रम शुक्रबार साढे २७ लाख घरपरिवार यसमा आश्रित भइसकेकोले विभिन्न किसिमका कर्जा सुविधा लिएर आफ्नो जीवनमा परिवर्तन ल्याउन सफल भएको समेत स्पष्ट पारे । स्व. डा. पन्तले सुरुवात गरेका कार्यक्रम वृहतरुपमा अगाडि बढेको र समाजमा आमूल परिवर्तन गरेकोले उनको योगदान स्मरणीय रहने बताए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा कार्यक्रमका सभापति गणेशबहादुर थापाले लघुवित्तको क्षेत्रमा हरिहरदेव पन्तको योगदान महत्वपूर्ण रहेको र उहाँको देशका ७७ वटै जिल्लामा निर्धनको शाखा पु¥याउन सफल भएको जानकारी गराए । साथै लघुवित्तका पिता भनेर चिनिने स्व. हरिहरदेव पन्त ग्रामीण क्षेत्रलाई बैकिंङमा ल्याउने उहाँ पहिलो व्यक्ति हुनुका साथै गरीबलाई समेट्नु नै उनको साेंच रहेकोले उहाँको सोच र योगदानलाई सबैले कदर गर्नुपर्नेमा जोड दिए । उनले भने ‘गरीबको लागि अरुहरुको मौखिक विचारमात्र रहेको र स्व.पन्तको विचार गरेरै छोड्ने र प्रयोगमा ल्याएरै छोड्ने विचार रहेको’ उल्लेख गरे ।

उक्त कार्यक्रमको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका वरिष्ठ ब्यवस्थापक श्री पवन कुमार श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!