लेबर सिटी क्षेत्रीय इन्चार्ज रनबहादुर बिकको कतारमा भव्य विदाई

दोहा, भदौ २२ । नेपाली जनप्रगतिशिल मञ्च र लेबर सिटी समिति कतारले लेबर सिटी क्षेत्रीय इन्चार्ज रनबहादुर बिकलाई एक कार्यक्रमका बिच बिहीवार बिदाई गरेको छ ।

कतारको बसाई सकेर नेपाल फर्कन लागेका पाँचौ माहाधिबेसन आयोजक समितिका सचिवालय सदस्य समेत रहेका बिकलाई ग्रान्डमल प्लाजा रेड चिल्लि रेस्टुरेन्टमा एक भव्य कार्यक्रम साथ बिदाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली जनप्रगतिशिल मञ्च पाँचौ महाधिवेसन आयोजक समितिका सहसंयोजक राजु डुम्रेले भने, ‘संगठनलाई मजदुरहरुको हकहितको पक्षमा काम गर्न थप प्रभावकारी बनाउन प्रवासको संगठन एकताको प्रक्रियाको लागि पहल भैरहेको छ। नेपाली जनप्रगतिशिल मंच कतारले बिगतदेखि मजदुरको हकहितको लागि हरेक काल खण्डमा आफ्नो आबाज जोडदार रुपमा उठाउदै आइरहेको छ।’

रनबहादुर बिकले कतार बसाईका क्रममा प्रवासीको नेपालीको हकअधिकारका लागि दिएको साथ र सहयोग लागि धन्यवाद दिदै भविष्यमा साथ र सहयोगको अपेक्षा गरेका बताए ।

बरुवा सिटी क्षेत्रीय समितिका अध्यक्ष अनिल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथी नेपाली जनप्रगतिशिल मञ्च पाँचौ माहाधिबेसन आयोजक समितिका संगठन बिभाग प्रमुख मोहन कार्की, युवा बिभाग संयोजक प्रेम लामा, अलेतिया क्षेत्रीय इन्चार्ज पुस्प लम्साल, दोहा क्षेत्रीय इन्चार्ज बिशाल भन्डारीलगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, न्यु सनैया इन्चार्ज अमृत गौतम, सनैया क्षेत्रीय इन्चार्ज गङ्गा बिक, सहेलिया क्षेत्रीय इन्चार्ज निकास घलान, महिला बिभाग संयोजक गोमा मगर, अलेतीया क्षेत्रीय समिति अध्यक्ष केदार तिमिल्सिना, सनैया क्षेत्रीय उपाध्यक्ष मनबहादुर बिक, दोहा क्षेत्रीय सल्लाहकार डिलराम गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

नेपाली जनप्रगतिशिल मञ्च पाँचौ माहाधिबेसन आयोजक समितिका विभिन्न क्षेत्रीय समिति, बिभागिय प्रमुख तथा सदस्यहरुको सहभागीता रहेको कार्यक्रम दोहा क्षेत्रीय समिति उपाध्यक्ष देबेन्द्र पोख्रेलको स्वागत र लेबर सिटि क्षेत्रीय अध्यक्ष भेषराज दाहालको संचालनमा सम्पन्न भएको थियो ।

लेबर सिटि क्षेत्रीय समिति र नेपाली जनप्रगतिशल मंच कतारकाे संयुक्त अायाेजनामा गरिएकाे कार्यक्रममा सल्लाहकारसहित केन्द्रीय, सबै क्षेत्रीय समितिका सदस्य र बिभागिय सदस्यहरुकाे उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!