दुई देशबीचको सम्बन्धलार्इ थप बलियो बनाउन भारत भ्रमण : प्रचण्ड

नयाँ दिल्ली, भदौं २२ ।

भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड यति बेला भारत भ्रमणमा छन् ।

भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताए ।

छलफलमा उनले भने, ‘सरकारले अगाडि सारेका विकास निर्माणका पक्षमा वातावरण सिर्जना गर्नु, नेपाल–भारतबीच भएका सम्झौताहरु कार्यान्वयनका लागि पहल गर्न र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु नै यो भ्रमणको उद्देश्य हो ।’

उनले हाल दुई देशको सम्बन्ध सकारात्मक दिशा अगाडि ब९ेकाे बताए । उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्य सम्पादन गर्न आग्रह गरे । साथै उनले प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद दिए ।

कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न आग्रह गरे । उनीहरुले भोग्दैं आएका बैंक खाता, भोटर आइडी, इस्योरेन्सलगायतका समस्या समाधानका लागि समेत पहल गर्न अध्यक्ष प्रचण्डलार्इ अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!