भदौ २८ गते ‘मिस टिन हलेज २०१८’ को आयोजना हुने तयारीमा

विभिन्न कलेजका कक्षा ११ र १२ का छात्राहरुको सहभागिता

काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको ‘मिस टिन हलेज २०१८’ को छैटौं संस्करणमा सहभागी काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२ मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु सहभागी भएका छन् ।

सहभागी प्रतियोगीहरुलाई कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवाअन्र्तगत बागमती सफाई कायक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगितात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ ।

जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सीपको विकास हुनेमा हामी विश्वस्थ छौ ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रवृत्तिका साथैे दुवै प्रतियोगिताका विजेताले थाइल्याण्ड भ्रमणको टिकट, मोवाइल फोन, अस्ट्रेलिया अध्ययनको लागि छात्रावृत्ति, निःशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्ट हयाम्पर पाउने छन।

यसबाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने छ । यस प्रतियोगीताको फाइनल यही भदौ २८ गते नाचघर जमलमा हुनेछ ।

हेर्नुहोस् सहभागी प्रतियाेगीहरुको केही तस्वीरहरु-

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!