निर्मलाको परिवारलाई आइजीपी खनालको आश्वासन- दोषी प्रहरी नै भएपनि छाड्दैनौं

कञ्चनपुर, भदौ २२ । बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् । उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।

 

भेटमा महानिरीक्षक अपराधमा संलग्न दोषी जो सुकै भएपनि नछाड्ने आश्वासन दिए । ‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उहाँले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भन्नुभएको छ’ निर्मलाका बुवा यज्ञराज पन्तले भने ।

 

यज्ञराज पन्तले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापरबाहीका विषयमा पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!