नेपालबाट बंगलादेशले ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

काठमाडौं, भदौ २२ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको ऊर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो ।

 

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ समेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ । कारोवार दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!