बिजेता खेलाडी र प्रशिक्षकलाई मलेसियामा सम्मान

मलेशिया,भदौ २१।सिङगापुरमा सम्पन्न ३८औं गोजुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक बिजेता नेपाली खेलाडीहरुलाइ मलेशियामा सम्मान गरिएको छ।

नेपाल ओकिनावा शुरिकेन शोरिनरियो कराते संघका खेलाडी आर्यन रन्जित र सागर शाहीले उक्त प्रतियोगितामा कास्य पदक जित्न सफल भएका थिए बिजेता खेलाडीलाई नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाले बुधबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।

यस्तै ३८औं गोजुकाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी कृति गौतम , नेपाल ओकिनावा शुरिकेन शिरिनरियोका प्रमुख सल्लाहकार तथा टिम म्यानेजर रामकृष्ण श्रेष्ठ , अध्यक्ष तथा टिम कोच, सेन्साइ संजय रन्जित लगायतलाई मलेसियाको कोतराय स्थित मण्डला रेस्टुरेन्टमा सम्मान सहित बिदाइ गरिएको थियोे।

याे पनि पढ्नुस  मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम मलेसिया प्रस्थान

सम्मान तथा बिदाई कार्यक्रममा नेपाली प्रवासी कराते संघ मलेसियाका अन्तर्राष्ट्रिय रेफ्री तथा कोषध्यक्ष लक्ष्मी छेत्री, सचीव बीस महरा , नेपाली जनसम्पर्क समिति मंच मलेसियाका कोषध्यक्ष हरि कोइराला,खड्का बहादुर पुन,मगर ,राजेन्द्र सापकोटा गणेश हुमागाई लगायतको उपस्थिति रहेको थियो ।

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको संचालन नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!