धर्म, संस्कृति र समलैंगिकताबारे बहस

भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको सूचीबाट हटाएपछि भारतभरी भारतीय संस्कृति र हिन्दू धर्ममा समलैंगिकताबारे बहस थालिएको छ ।

नेपाल र भारतमा अदालतबाट नै समलैंगिकतालाई कानुनी मान्यता प्राप्त भइसकेको छ । तर धर्मले यसलाई कुन रूपमा लिएको छ? अप्राकृतिक व्यभिचार या पाप अथवा सामान्य यौन व्यवहार?

समलैंगिकता सम्बन्धी बहस हरेकपल्ट दोहोरो मापदण्ड र पाखण्डका कारण निष्कर्षमा नपुगेर नै टुङ्गिने गरेको छ ।

अक्सर तर्क गरिने गरेको छ- सबै जसो धर्महरूमा समलैंगिक सम्बन्धहरूलाई अप्राकृतिक व्यभिचार या पाप मान्ने गरेका छन् । तर भारतमा इसाई मिसनरी र मुसलमान मौलवीहरूको आगमनपूर्व हिन्दूहरू यौनाचारको विषयमा कुण्ठित थिएनन् ।

पौराणिक कालमा फरक यौनिकता

महादेव शिवको एउटा रुप अर्धनारीश्वर पनि हो । यसलाई आजभोलि प्रचलित शब्दावलीमा ‘एंड्रोजीनस सैक्सुअलिटी’को सहज स्वीकृति भन्न सकिन्छ । त्यस्तै पौराणिक आख्यानहरूमा भगवान विष्णुले मोहिनी रूप धारण गरेर माहदेवलाई फकाउनु कुनै पनि भक्तले अप्राकृतिक या अनाचारयुक्त ठान्दैन ।

त्यस्तै महाभारतका अर्जुनले विराट राजाको दरबारमा बृहन्नला बन्दैमा उनको पुरुषार्थमा प्रश्न उठ्ने गरेको छैन । त्यस्तै शिखण्डीको लिंग परिवर्तन त मानव इतिहासमै यस प्रकारको पहिलो परिकल्पना नै हो । तर यी कुनै पनि प्रसङ्गले सम्बन्धित पात्रको महत्ता कम भएको पाइँदैन ।

भारतीय इतिहासमा गुप्तकाललाई स्वर्ण युग मान्ने गरिएको छ । त्यसै समयावधिमा रचित वात्स्यायनको कामसूत्रमा त नोकरहरू, मालिस गर्नेहरू र कपाल काट्ने नाउहरूसँग सम्बन्ध स्थापित गर्ने पुरुषहरूको वर्णन नै पाइन्छ र यस्तो प्रकारको सम्बन्धबाट आनन्द प्राप्त गर्ने विशिहरू समेत उल्लेख गरिएका छन् ।

स्त्रैण गुण भएकाहरू अपराधी होइनन्

त्यस्तै स्त्रैण गुण भएका पुरुषहरूलाई पापी या अपराधी मानिएकोप प्रमाण समेत कहीँ भेतिर्को छिन । यहाँसम्म कि स्त्री-स्त्रीबीच पारस्परिक रतिक्रीडाको समेत सहज वर्णन उक्त ग्रन्थमा प्राप्त छ । भारतको खाजुराहो र उडिसामा रहेका मन्दिरहरूमा कुँदिएका मूर्तिहरूमा यो कुरा स्पष्ट हुन्छ ।

मध्य कालमा सखी भाव रहेका परम्पराहरूलाई समलैंगिकताको उत्थान प्रक्रियाको रूपमा लिन सकिन्छ । यसको अर्थ समलैंगिकता इस्लाम र इसाई जस्ता अब्रहमी धर्महरूमा मात्रै वर्जित रहेको छ ।

पश्चिमकै कुरा गर्ने हो भने पनि इसाई मत प्रसार हुनुपूर्व रोम तथा ग्रीसमा समलैंगिक सम्बन्धहरूलाई सामाजिक स्वीकृति प्राप्त रहेको थियो । यस लतलाई अंग्रेजहरूले ‘ग्रीक लभ’ भन्ने गरेका छन् भने फ्रेन्चहरूले यसलाई ‘भाइस आन्गल्स’ या अंग्रेजी लत भन्ने गर्दछन् ।

प्रख्यात साहित्यकार अस्कर वाइल्ड देखि क्रिस्टोफर इशरवुडसम्मका बेलायती अभिजात्य वर्गका मानिस ‘बेड ब्रेकफास्ट एंड बोय’को खोजीमा मोरक्कोदेखि मलायासम्म भौंतारिने गरेका थिए ।

पाश्चात्य दर्शनलाई नयाँ दिशा दिने मिसेल फुकोले आफ्नो समलैंगिकताबारे कहिले लुकाएनन् । तर पाश्चात्य समाजमा विद्यमान दोहोरो मापदण्ड र पाखण्डका कारण एलन ट्यूरिङ् जस्ता प्रतिभाशाली गणितज्ञ, वैज्ञानिक और कोड ब्रेकरले उत्पीडनपछि आत्महत्या गर्नु परेको थियो ।

औपनिवेशिक कानुन

ब्रिटेनमा सन् १९६० को दशकमा नै वुल्फेंडन आयोगको प्रतिवेदन मुताबिक ब्रिटेनले समलैंगिकतासम्बन्धी भिक्टोरिया कालको कानुनलाई रद्द गरिदिएको थियो तर भारतले भने अंग्रेज शासकहरूले पहिराई दिएका सिक्रीहरूबाट मुक्त हुने चेष्टा गरेन ।

एकातिर त इसाई धर्मले यसप्रकारको सम्बन्धलाई व्यभिचारको श्रेणीमा राखेको छ भने अर्को तर्फ हालैका दिनहरूमा कयौं चर्चहरूभित्र नाबालकहरू सँग त्यहाँका पुजारीहरूले यौन दुर्व्यवहार गर्ने गरेको खुल्न आएको छ ।

भ्याटिकन सितीबाट पोपले समेत समलिंगीहरू पनि अन्य मानिस सरह इश्वरका सन्तान रहेको स्वीकार गरिसकेका छन् ।

एक्काइसौँ शताब्दीमा समलैंगिकता कुनै रोग या मानसिक विकृति नभएको कुरा बिस्तारै स्वीकृत हुँदैछ । यस्तोमा कुनै पनि फरक यौन व्यवहार भएका व्यक्तिहरूलाई उनीहरूका आधारभूत अधिकार उपभोग गर्नबाट वन्चित गर्न सकिदैन ।

बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!