प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै छ । बिहीबार साँझ ६ बजेका लागि बोलाइएको बैठकमा विभिन्न तीन वटा मुख्य कार्यसूची छ ।

दोस्रो बैठकमा तीन जना मन्त्रीले मन्त्रालयगत चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयोस् भनि बैठकमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘रोजगारीको हक सम्बन्धी विधेयक २०७५’, संघीय मामिला तथा सामान्य प्रशासनम न्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५’ र सामाजिक सुरक्षा विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयो भनी प्रस्ताव गर्ने छन् ।

त्यसैगरीऽ भुमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्त्री (सातौं संशोधन) विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयोु् भनि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!