भुटानविरुद्ध नेपालको गोलको वर्षा, ४–० ले अगाडि

ढाका, भदौ २१ । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेल शुरु भएको छ । नेपाल खेलको दोस्रो हाफ चलिरहदा ४–० ले अगाडि छ । नेपालका लागि चोथो गोल निराजन खड्काले गरेका हुन ।

उनले खेलको ८७ औं मिनेटमा खड्काले चौथो गोल गर्दै ४–० को अग्रता दिलाएका हुन् ।

उनले खेलको ७८ औं मिनेटमा नेपालका लागि निकै टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

त्यसअघि नेपालका लागि भरत खवासले तेस्रो र सुनील बलले दोस्रो गोल गरेका थिए ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको २१ औं मिनेटमानेपालले भुटानविरुद्ध पहिलो गोल गरेको छ । नेपालका अनन्त तामाङले नेपालका लागि पहिलो गोल गरेका हुन् ।

नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!