नेपाल भुटानसँग २–० ले अगाडि

ढाका, भदौ २१ । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेल शुरु भएको छ । नेपाल खेलको दोस्रो हाफ चलिरहदा २–० ले अगाडि छ । नेपालका लागि सुनिल बलले पेनाल्टी मार्फत दोस्रो गोल गरेका हुन् ।

उनले खेलको ७० औं मिनेटमा नोपलका लागि दोस्रो गोल गरेका हुन् ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको २१ औं मिनेटमानेपालले भुटानविरुद्ध पहिलो गोल गरेको छ । नेपालका अनन्त तामाङले नेपालका लागि पहिलो गोल गरेका हुन् ।

नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!