विवाहित सुन्दरीहरूको प्रतियोगिता काठमाडौँमा हुँदै

काठमाडौँ, भदौ २१। रिबन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेज नेपाल इन्टरनेसनल २०१८’ मा ३७ जना महिलाबीच प्रतिस्पर्धा हुने भएको छ।

रिबन इन्टरटेनमेन्टका पेजेन्ट डाईरेक्टर निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचबिखन विरुद्धको अभियानसमेत सञ्चालन गरिनेछ ।

यस वर्षको विजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। विजेतालाई पुरस्कारस्वरुप स्कुटर पनि दिइने छ ।

प्रतियोगीहरूले नयाँ बानेश्वरस्थित ‘अर्याल इन्टरनेसनल होटल’मा विभिन्न विज्ञहरूबाट व्यक्तित्व विकास,  अन्तराष्ट्रिय मोडलिङ वर्कसप,  ग्रुमिङ,  क्याटवक,  शृंगार,  जुम्बा,  हस्पिटालिटी म्यानेजमेन्ट, फेसन,  आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिईरहेका छन्।

आगामी असोज ८ गते कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा विभिन्न पेशा तथा गृहिणी जीवन बिताईरहेका ३७ महिलाहरूले प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!