प्रचण्ड भारत र चीन भ्रमणका तीन मुख्य आयाम

एभरेष्ट टिप्पणी, ‘भ्रमणको सबै कार्यतालिका तय भइसकेको छ । अहिले भ्रमणमा म जान्छु नै । यो भ्रमणलाई सरकारले अघि सारेको विकास र समृद्धिको मार्गचित्रमा सहयोग पु¥याउने कडीका रुपमा लिएको छु ।’

 

भारत भ्रमणमा जानुभन्दा दुई दिन अघि आफ्नै निवासमा सञ्चारकर्मीको जिज्ञासा शान्त पार्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले प्रचण्डले भने । भारत र चीन भ्रमण छिमेकीसँगको सन्तुलित सम्बन्ध, विगतका सहमति कार्यान्वयनबारे सकारात्मक वातावरण तयार पार्ने र नेपालमा विकास निर्माणदेखि अन्य परियोजनाहरुमा सहयोग खोज्ने दिशामा केन्द्रित रहेको उनको भनाई थियो ।

वामपन्थी सरकारले अघि सारेका कार्यक्रम र लक्ष्यबारे छिमेकी राष्ट्र र जनतालाई विश्वासमा ल्याउन तथा नेपालको विकासका लागि छिमेकी सहयोगको थप वातावरण तयार पार्न उनका छलफलहरु केन्द्रित हुने ।

र, आज अपरान्ह प्रचण्ड भारत भ्रमणमा निस्के । प्रचण्ड सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार, प्रचण्डले तीनवटा तहमा नेपालका मुद्दाहरुबारे चर्चा गर्नेछन् । नेपाल र भारतसम्बन्ध झनै सुदृढ पार्न, वामपन्थी सरकारले अघि सारेका कार्यक्रम र लक्ष्यबारे छिमेकी राष्ट्र र जनतालाई विश्वासमा ल्याउन तथा नेपालको विकासका लागि छिमेकी सहयोगको थप वातावरण तयार पार्न उनका छलफलहरु केन्द्रित हुने देखिन्छन् ।

 

नेपालमा वामपन्थीको सरकार बनेपछि संसारभरि नै यसलाई ‘कम्युनिष्टको बहुमत’ का रुपमा एकथरिले चित्रण गरेका छन् । यसबाट माक्र्स र लेनिनलाई पदप्रदर्शक बनाएका कम्युनिष्टहरु औधी उत्साहित बनेका छन् भने कम्युनिष्टलाई रुस, चीन या क्यूबा र कोरियाको अर्थमा बुझ्नेहरु त्रसित भएका छन् ।
प्रचण्डको पहिलो काम यी दुबै अतिवादी भ्रम चिर्ने हुने छ ।

हामी न परम्परागत रुपमा परिभाषित हुँदै आएका कम्युनिष्ट हौं न त कम्युनिज्मलाई पुरै छोडेका संशोधनवादी ।

निर्वाचन जितेलगत्तै चितवनका यो पंक्तिकारसँग कुराकानी गदैए प्रचण्डले यी दुबै बुझाईको बीचबाट नेपालको सरकार र वामपन्थी आन्दोलन अघि बढेको बताएका थिए । “हामी न परम्परागत रुपमा परिभाषित हुँदै आएका कम्युनिष्ट हौं न त कम्युनिज्मलाई पुरै छोडेका संशोधनवादी ।” प्रचण्डले भनेका थिए, “त्यसैले क्रान्तिकारी कम्युनिष्टहरु निकै उत्साहित हुनुपर्ने र गैर क्रान्तिकारीहरु पुरै त्रसित हुनुपर्ने अवस्था यो होइन ।”

 

र, दिल्लीमा भोली त्यहाँका बुद्धिजीविहरुलाई प्रचण्डले सम्भवतः यही कुराबारे प्रकाश पार्नेछन् । नेपाली सन्दर्भममा बामपन्थको विजय, नेपाली समाजको अबको बाटो र दक्षिण एशियामा लोककल्याणकारी राज्यको निर्माणका बारेमा उनले कुरा गर्नेछन् । कतिपय आशंका चिर्नेछन् भने एक्काईशौं शताब्दीमा समाजवादी क्रान्ति या संघर्षका बारेमा समेत सामान्य प्रकाश पार्ने उनको प्रयास रहने आँकलन गर्न सकिन्छ ।

 

प्रचण्डको यो पहिलो बृहत छलफल नेपालको विकासमा विश्व समुदायको नैतिक, भौतिक र आर्थिक सहयोगका लागि निकै महत्वपूण हुनेछ । परम्परागत कम्युनिष्टको सोंच राखेर नेपालको वामपन्थी सरकारविरुद्ध षडयन्त्र गर्ने या सहयोग नगर्ने या तटस्थ बस्न खोज्ने पश्चिमा र भारतीय राजनीतिज्ञ तथा लगानीकर्तालाई विश्वासमा ल्याउन यसले ठूलो भूमिका खेल्ने भन्न सकिन्छ ।

प्रचण्डले विश्व मामिलासम्बन्धी परिषदले आयोजना गरेको यो छलफलमा नेपालको नयाँ बाटो, वामपन्थी सरकारले लिएका लक्ष्य, नेपाल र भारत सम्बन्ध तथा क्षेत्रीय सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने ।

विश्व मामिलासम्बन्धी परिषदले आयोजना गरेको यो छलफलमा प्रचण्डले आधा घण्टा नेपालको नयाँ बाटो, वामपन्थी सरकारले लिएका लक्ष्य, नेपाल र भारत सम्बन्ध तथा क्षेत्रीय सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् । यसबाट एउटा नयाँ खालको सन्देश समेत भारतीय बुद्धिजीवि र संसारमाझ फैलिने छ । त्यो हो– नेपाल अब उही छैन, उही ‘बादुर (बहादुर)’को भूमिकामा छैन । बरु नेपालले त निकै ठूलो फडको मार्न पो खोजेको रहेछ ।

 

जडता भन्दा माथि उठन खोजेको रहेछ भन्ने सन्देश यो छलफलले दिने छ । यसबाट नेपालको नयाँ, सम्मानजनक परिचय विश्वले पाउने छ । र, अहिलेको सन्दर्भममा हामी राष्ट्रिय परिस्थितिमा जतिसुकै समस्याबाट गुज्रेपनि विश्वमा हाम्रो सम्मानजनक फरक पहिचान कायम गर्नु एकदमै जरुरी छ । यो पहिलो छलफल नेपालका पक्षमा जनमत निर्माण गर्न सहयोगी हुने देखिन्छ ।

उनले नेपालीदेखि भारतका बिभिन्न नेताहरुसँग नेपाल भारत सम्बन्धलाई मर्यादित र सन्तुलित बनाउन भूमिका खेल्नेछन् ।

प्रचण्डको दोश्रो तहको छलफल भारतीय नेताहरुसँग रहेको छ । यसक्रममा उनले नेपालीदेखि भारतका बिभिन्न नेताहरुसँग नेपाल भारत सम्बन्धलाई मर्यादित र सन्तुलित बनाउन भूमिका खेल्नेछन् । दोश्रो तहका नेताहरुसँग क्षेत्रीय सम्बन्ध, चीन, नेपाल र भारतबीच सम्बन्धका सम्भावनाहरु, व्यापार, पारवहन, कनेक्टिभिटीलगायतका विषयमा सन्दर्भ अनुसार हुने यी छलफलहरु भारतीय सरकारलाई नेपालबारे लिइने नीति तथा दृष्टिकोणलाई सन्तुलित र मर्यादित बनाउन भावी दिनमा महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ ।

 

तेश्रो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विगतमा नेपाल भारत सम्बन्धका विषयमा निकै आलोचित बनेका व्यक्ति हुन । त्यतिखेर उनको सबैभन्दा बढी आलोचक अहिले प्रधानमन्त्री छन् । अर्कोतर्फ त्यो आलोचना र इगोको समयलाई समझदारी र सन्तुलनमा ल्याउन सफल भएका प्रचण्डसँग मोदीको यो सम्बन्धले भारत, चीन र नेपालबीच त्रिपक्षीय समझदारीको विकास गर्न योगदान खेल्ने भन्न सकिन्छ ।

चीन तथा भारतबीचको सम्बन्धमा नेपालको भूमिकाबारे प्रष्टयाउन समेत यो छलफलले अर्थ राख्ने देखिन्छ ।

मोदीसँगको भेट नेपालको वामपन्थी सरकारप्रतिको भारतीय सत्तापक्षको संकीर्ण दृष्टिकोण त्याग्न र नेपालको विकासमा भारतीय पक्षको मर्यादित सहयोगका लागि पनि सहयोग बन्ने देखिन्छ । यसअघि प्रधानमन्त्री ओली भारत जाँदा र त्यसअगाडि पनि नेपाल र भारतबीच भएगरेका सहमति कार्यान्वयनलाई गति दिन, नेपालले लिएको समृद्धिको बाटोमा भारतलाई सहयोगी छिमेकीको रुपमा ल्याउन र चीन तथा भारतबीचको सम्बन्धमा नेपालको भूमिकाबारे प्रष्टयाउन समेत यो छलफलले अर्थ राख्ने देखिन्छ ।

 

कतिपय मानिसहरुले कोरा आलोचना गरेपनि प्रचण्ड अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षको हैसियतमा भारत भ्रमणमा रहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले भारतको भ्रमण गरेका थिए । यद्यपी यो बीचमा भारत र नेपालको सम्बन्धमा खासै सुधार भने देखिएन न त यो खस्केकै अवस्थामा पुग्यो । त्यसैले एउटा यथास्थितिमा रहेको सम्बन्धको मनोविज्ञानलाई प्रचण्डले यो भ्रमणमार्फत गति दिने आशा राख्न सकिन्छ ।

 

अर्कोतर्फ प्रचण्ड लगत्तै चीन गइरहेका छन् । क्षेत्रीय सन्तुलनका लागि वान बेल्ट वान रोड र कनेक्टिभिटीको मुद्दा लामो समयदेखि उठाइरहेका प्रचण्डका लागि भारतीय पक्षको दृष्टिकोण बुझेर चीनसँग क्षेत्रीय एकता र सन्तुलित एवं मर्यादित सम्बन्धबारे चर्चा गर्नु यो भ्रंमण सहयोगी हुने छ । यसबाट उनले भारत र चीनबीच समेत एउटा स्पष्ट पुलको काम गर्ने भूमिका निर्वाह गर्नेछन् ।

तीब्र गतिमा विकासतर्फ अघि बढिरहेका छिमेकीहरुबाट नेपालले फाइदा उठाएर देशको विकास गर्ने अवसर समेत बढाउने छ । जुन प्रचण्डले बारम्बार भन्दै र चाहँदै आएको विषय समेत हो ।

दक्षिण एशियाली शक्ति सन्तुलनका लागि नेपालको यो भूमिका दीर्घकालिन र अल्पकालिनरुपमा निकै महत्वपूर्ण हुन सक्छ । यसका साथै यसले तीब्र गतिमा विकासतर्फ अघि बढिरहेका छिमेकीहरुबाट नेपालले फाइदा उठाएर देशको विकास गर्ने अवसर समेत बढाउने छ । जुन प्रचण्डले बारम्बार भन्दै र चाहँदै आएको विषय समेत हो ।

 

समग्रमा हेर्दा, प्रचण्डको चीन र भारतको भ्रमणले नेपालबारे सही दृष्टिकोणको विकास हुने, नेपालको विकासमा दुबै छिमेकीको सहयोगले दू्रतता लिने र दक्षिण एशियाली र अझ एशियाली क्षेत्रमा नै बलियो क्षेत्रीय शक्ति सन्तुलनका लागि सेतु बन्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!