नेपाली क्रिकेट टोली भोलि आउँदै

काठमाडौं, भदौ २१ । मलेसियामा भएको एसिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ ।

टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार व्यहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!