साफ च्याम्पियनसिपः नेपाल र भुटानबीचको खेल शुरु, किरण लिम्बू पहिलोपटक कप्तान

ढाका, भदौ २१ । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेल शुरु भएको छ । नेपालको यो दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको हो ।

नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!