ट्रम्पले सिरियाली राष्ट्रपति असदको हत्या गराउन चाहेको खुलासा !

काठमाडौँ, भदौ २१ । प्रसिद्ध अमेरिकी पत्रकार बब वुडवर्डले भर्खर प्रकाशित आफ्नो पुस्तक ‘फिअर: ट्रम्प इन द व्हाइट हाउस’मा राष्ट्रपति ट्रम्पले एकपल्ट सिरियाली राष्ट्रपति बसर अल असदको हत्याको आदेश दिएको खुलासा गरेका छन् ।

पुस्तकमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससम्बद्ध स्रोतलाई अधार मान्दै २०१७ को रासायनिक आक्रमणपछि ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई असदको हत्याको आदेश दिएको उल्लेख छ ।

उता राष्ट्रपति ट्रम्पले पुस्तकमा उल्लेख भएका सबै कुरा तःय्हीं भएको बताएका छन् । उनले एक ट्विट गर्दै पुस्तकमा लेखिएका कुराहरूको उद्देश्य मनिशारूलई दिग्भ्रमित पार्नु रहेको बताएका छन् ।

ट्रम्पले आफूले यसबारे रक्षा मन्त्रालयका अधिकारीहरूसँग कहिल्यै कुनै चर्चा नभएको बताएका छन् । रक्षामन्त्री म्याटिसले समेत पुस्तकमा उल्लेखित कुराहरू सत्य नभएको बताएका छन् ।

‘वरिष्ठ अधिकारीहरूले सधैं आफूहरूले संवेदनशील कागजपत्र ट्रम्पबाट लुकाएर राख्ने गरेका थिए ताकि राष्ट्रपति तिनमा हस्ताक्षर नगरुन् ।’ उच्च स्रोतलाई उद्धृत गर्दै पुस्तकमा लेखिएको छ ।

पुस्तकमा वरिष्ठ अधिकारीहरूले ट्रम्पलाई ‘झुठो’ र ‘मूर्ख’ भन्ने गरेको समेत खुलासा गरिएको छ ।

वुडवर्ड अमेरिकाका एकदमै प्रतिष्ठित पत्रकार हुन् । उनले १९७० को दशकको बहुचर्चित ‘वाटरगेट काण्ड’मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनको भूमिका सार्वजनिक गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस पुस्तकको केही अंश सर्वप्रथम वासिंगटनमा प्रकाशित भएको थियो । त्यसकै भोलिपल्ट न्युयोर्क टाइम्समा यसै विषयमा व्हाइट हाउसका एक जना अज्ञात वरिष्ठ अधिकारीको एउटा लेख प्रकाशित भएको थियो । उक्त लेखमा जसमा ती अधिकारीले अमेरिकी प्रशासनका सम्पूर्ण समस्याको मूल कारण राष्ट्रपति ट्रम्पको अनैतिकता रहेको बताएका थिए ।

पुस्तकका अनुसार अप्रिल २०१७ मा सिरियामा भएको रासायनिक आक्रमणपछि राष्ट्रपति ट्रम्पले पेन्टागनलाई सिरियाली राष्ट्रपति बसर अल असदको हत्याको प्रबन्ध गर्न निर्देश दिएका थिए ।

पुस्तकका अनुसार ट्रम्पले रक्षामन्त्री जेम्स म्याटिसलाई, “भो, अब तिनलाई सिध्याइदिउँ” भनेका थिए ।

पुस्तकका अनुसार सुरुमा म्याटिसले ट्रम्पको कुरा मानिसकेका थिए तर पछि उनले यसमा पुनर्विचार गरेका थिए ।

राष्ट्रपति डोनल्ड ट्रम्पले भने पत्रकारहरूसँगको कुराकानीमा र ट्विटहरूमा समेत यो कुरा सत्य नभएको बताएका छन् । बुधवार मिडियासँगको कुराकानीमा उनले भने, “यस्तो कहिल्यै पनि सोचिएन र सोचिने पनि छैन ।”

उनले वुडवर्डको पुस्तकलाई ‘कपोकल्पित’ बताएका छन् । रक्षामन्त्री म्याटिसले पनि पुस्तकलाई कुनै ‘राम्रो कल्पनाहरूबाट प्रेरित’ भनेका छन् ।

व्हाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले उक्त पुस्तक जागिर गुमाएका केही पूर्व कर्मचारीहरूको काल्पनिक गनगन रहेको टिप्पणी गरेकी छिन् । भर्खर जारी एक बयानमा स्यान्डर्सले ट्रम्प प्रशासनले सफलतापूर्वक काम गरिफहेको र २०२० मा पनि उनलाई कसैले हराउन नसक्ने बताएकी छिन् ।

बिबिसी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!