सडक भास्सिएपछि कोदारी राजमार्ग अवरुद्ध

चोतारा, भदौ २१ । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको डाक्लाङ खण्डमा यातायात अवरुद्ध भएको छ । लगातारको वर्षापछि आएको बाढीले सडक बगाउँदा सो सडक खण्डमा सवारी साधन ठप्प भएका छन् ।

सोमबारदेखि बुधबारसम्म भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटर मध्यबर्खादेखि अवरोधमा छ ।

तातोपानी बजार जोड्ने नौकिलो र दशकिलो, पिप्लाङ क्षेत्रदेखि उता सडक अझै मर्मत भइनसक्दा सीमासँग यताको सम्पर्क टुटेको छ । भू–भागमा धाजा फाटेर गएपछि अझैसम्म सडकको अवरोध खोल्न सकिएको छैन् ।

बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जस्तो पहिरो झर्न थालेपछि स्थानीय त्रसित भएका छन् । पहिरोले विभिन्न स्थानमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटिरहेका छन् । महिनौ भइसक्दा पनि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्गमा यात्रुबस सञ्चालनमा आउन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!