केन्द्र सरकारप्रति असन्तुष्ट प्रदेश मुख्यमन्त्रीहरुको मोर्चाबन्दी पोखरामा

पोखरा, भदौं २१ ।

सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्री पोखरामा भेला भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिंदै आएका थिए । केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेकोमा प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

मुख्य मन्त्रीहरुको भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका विषयमा छलफल भइरहेको गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

भेलामा प्रदेशका मुख्यमन्त्रीहरूले भदौ २४ मा प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा समेत छलफल भइरहेको प्रवक्ता बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!