स्वयम्भूमा पार्किङ गरिएकाे कारभित्र शव फेला

काठमाडौं, भदौं २१ ।

काठमाडौंको स्वयम्भूमा कारभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको बा ८ च सात शुन्य दुई एक नम्बरको कारभित्र नैकापका ३२ बर्षीय श्याम श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

स्वयम्भू स्तुपा जाने बाटोमा पर्ने सानो पोखरी नजिकै पार्किङ्ग गरेर राखेको कारको पछाडीको सिटमा श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएकाे छ । उक्त कार राती एक बजेतिर पार्किङ्ग गरेर राखिएको बताइएको छ । हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!