सामुदायिक विद्यालयबाटै प्राविधिक शिक्षामा जोड दिन्छौं : मन्त्री पोखरेल

काठमाण्डौं, भदौं २१ ।

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई प्राथमिकता दिएको बताएका छन् ।

पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाँइको नाममा स्थापना गरिएको पिपि प्रसार्इ फाउण्डेशनको आयोजना आज काठमाण्डौंमा भएको पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै उनले प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताए ।

हामीले यो बर्ष ९५ वटा सामुदायिक बिधालयलाई प्राविधिक शिक्षा पढाउने अनुमति दिएका छौ मन्त्री पोखरेलले भने, ‘निजि होइन अब सरकारी सामुदायिक बिधालयबाट नै प्राविधिक शिक्षालार्इ जोड दिनुपर्छ ।’

सिटिइभिटी लाइ नयाँ ढंगले अघि बढाउने योजना रहेको मन्त्री पोखरेलले बताए । सार्वजनिक शिक्षाको सुधारको लागी शिक्षकहरु र सिटिइभिटीसँग ठुलो अपेक्षा गरिएको बताउँदै उनले प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सकेमात्र देश विकास हुने बताए । उनले भने, ‘सार्वजनिक शिक्षालाई व्यवस्थित गरिनपुर्छ’, मन्त्री पोखरेलले भन्नुभयो, ‘अबका विद्यार्थीले विद्यालय शिक्षा सकिँदा केही न केही सिप सिकेको हुनपर्छ ।’

शिक्षाको विकासको निम्ति शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेपनि चर्चा कम हुने गरेको उनको भनाई छ ।  गुणस्तरीय शिक्षाका लागि शिक्षक सेवा आयोगबाट अहिले पारदर्शी ढंगले शिक्षक छनौटको काम भइरहेकोप्रति प्रशंसा गर्दै पोखरेलले शिक्षक कक्षा कोठामा रहेमात्र गुणात्मक शिक्षाको कुरा गर्न सकिनेमा जोड दिए ।

‘गुणात्मक शिक्षा नै अहिले शिक्षकहरुसँगको अपेक्षा हो’, उनले भने, ‘शिक्षकहरुको उचित ब्यवस्थापनको लागि दरबन्दी मिलान गर्न कार्यदल बनाएर काम गरिरहेका छौं ।’ अहिले थप २३ हजार शिक्षक आवश्यक रहेको पोखरेलले जानकारी दिए ।

प्राविधिक धाराको बिषय अध्यापनको लागी दक्ष शिक्षकको पनिबआवश्यकता रहेको औल्याउँदै मन्त्री पोखरेलले प्राविधिक धारामा प्रयोगशाला र प्रशिक्षकहरु निर्माणको लागी अझै धेरै मेहनत गर्नु आवश्यक रहेको बताए ।

शिक्षा क्षेत्रमा टिच फर नेपाल पिपि प्रसाइ फाउन्डेसन लगायतका सस्थाहरुले खेलेको भुमिका महत्त्वपूर्ण रहेको मन्त्री पोखरेलले उल्लेख गरे । कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट शिक्षकहरुलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले म्याग्दीकी शिक्षीका थममाया पुनलाई पी।पी। प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार–२०७५ र पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई पी।पी। प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१८ द्वारा सम्मानित गर्नुभएको छ ।

यसैगरि हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ठ शिक्षक पुरस्कार– २०७५’ यो वर्ष प्रदेश नं. १ बाट आर्दश मा.वि. झापाकी गिता ओझा, प्रदेश नं. २ बाट श्री जनता मा.वि. सोनमती गाढा ३ सिरहाका विरेन्द्र कुमार सिंह, प्रदेश नं. ३ बाट तिलिङ्गटार मा.वि. काठमाण्डौंका सरोज कुमार पाण्डेलार्इ प्रदान गरियाे ।

यस्तै  प्रदेश नं. ४ बाट भवानी माध्यामिक विद्यालय गोरखाका बलराम भण्डारी, प्रदेश नं. ५ बाट धम्बोझी मा।वि। बाँकेकी किरण पौडेल अचार्य, प्रदेश नं. ६ बाट श्री आदर्श माध्यामिक विद्यालय, जुफाल डोल्पाका पुर्ण बहादुर डांगी र प्रदेश नं. ७ बाट श्री देवास्थल मा.वि.के. आइ सिंह फलेडी, डोटीका रघुनाथ पाठकलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित ५० हजार नगद र सात प्रदेशमा एक–एक जनालाई उत्कृष्ठ शिक्षक पुरस्कार सहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

साथै २०७४ सालदेखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्न सुरु गरिएको छ ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी।पी। प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको आजकै दिन वि.सं २०५६ भदौ २० ९५ सेप्टेम्वर १९९९० मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!