गायक एंव संगीतकार प्रेम लामाको ‘देउरालीमा’ गीत सार्वजनिक

गायक एंव संगीतकार प्रेम लामाको ‘देउरालीमा’ बोलको गीत सार्वजनिक भएको छ।

पप, सेलो गायनमा चर्चा कमाएका गायक प्रेम लामाले निकै गीत गाइसकेका छन । लामाले पछिल्लो समय निकै दर्शकहरुको मन छुने लोक पप गीतहरु बजारमा ल्याउँदै आइरहेको छ ।

मङगोलियन फ्लेभर एल्बम उनले ४ सम्म पुर्याइसकेका छन भने निकै ब्यस्त गायकको रुपमा परिचित छन । छायांकन ,निर्देशन समेत गर्ने खुबी उनमा छ । जसका कारण बहुप्रतिभाको धनी भनेर चिनिन्छ ।

मन्जु लामाको शब्द, विक्रम जी लामाको संगीत र गायक प्रेम लामाको आवाज रहेको गीतमा स्व.बबिराज घतानीको संगीत संयोजन रहेको छ ।

सुनिल र मिना लामाको अभिनय रहेको गीतमा कन्सेप्ट टेकेन्द्र कार्किको रहेको छ भने निर्देशन प्रेम लामाको रहेको छ । भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो-

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!