प्रचण्ड आज भारत जाँदै, ‘नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्ष’ बारे प्रवचन दिने

काठमाडौं, भदौं २१ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने औपचारिक भ्रमणका लागि आज भारत जाँदै छन् ।

भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी आज दिउसो ३ः३० बजे नयाँदिल्ली जान लागेका हुन् ।

प्रचण्डले भोलि विश्व सम्बन्ध परिषद्ले गर्न लागेको ‘नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्ष’ बारे प्रवचन दिने कार्यक्रम छ ।

कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएको लगत्तै भदौ ३० मा चीन भ्रमणमा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!