गायक शिव परियारको ‘मलाई मजस्तै बन्न देऊ’ गीत सार्वजनिक (भिडियोसहित)

सुगम संगीतमा गजल र आधुनिक गायकको रुपमा बिशिस्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन्।

महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई मजस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । ‘शिवालय’ एल्बममा समावेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका हुन् ।

शिव परियारको सधैँजसो बजारमा आएको गीतभन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवावर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाडौं’ की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलार्इ भरत रेग्मीले सम्पादन गरेका छन ।

गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ ।

उक्त गीतको भिडियोमा सुजु पाण्डेको श्रङ्गार रहेको छ ।

हेर्नुहोस् भिडियो–

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!