जंगली हात्तीको मृत फेला

भद्रपुर । मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा बिहीबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!