प्रस्तावित प्रधानन्यायाधीश मिश्रले घूस खाएको र कर छलीमा सहयोग गरेको आरोप

काठमाडौं, भदौ २१ । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन्। सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरुद्ध परेका हुन्।

 

उनीविरूद्धका उजुरी संघीय संसद सचिवालयले खोलेको भने छैन। सुनुवाइ समितिको बैठक शुक्रबारका लागि डाकिएको छ। समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउनेछ।

 

उनीविरुद्ध सशस्त्रका पूर्वडिजाईजी रञ्जन कोइरालाको मुद्दामा घूस खाएको उजुरी छ। बलात्कारविरुद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएकोमा प्रश्न उठाएकी छिन्। माइतीघर मण्डलामा सुवेदी लगायत केहीले मिश्रविरुद्ध बिहिबार प्रदर्शनसमेत गरेका छन्।

 

त्यस्तै नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ। मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन्। उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!