करेन्ट लागेर बाजुरामा २ जनाको मृत्यु

बाजुरा, भदौ २१ । बाजुरा कोल्टीमा करेन्ट लागेर बुधबार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका-३ मेलढुस्काका ४५ वर्षीया कला बोहरा र ५० वर्षीय बुदे बोहरा रहेका छन् ।

 

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला कलाको मृत्यु भएको थियो । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहराको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको कलाका छोरा धनबहादुर बोहाराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!