प्रचण्ड आज भारत प्रस्थान गर्दै, को-कोसँग हुनेछ भेटवार्ता ?

काठमाडौं, भदाै २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा प्रस्थान गर्दै छन् । उनी दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

 

भारत भ्रमणका काममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने तालिका छ । यस्तै उनले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्ने छन् ।

 

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किने छन् भने त्यसलगत्तै प्रचण्ड भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!