टिपर आतंक यथावत, फेरि लियो दाजुभाईकै ज्यान !

उदयपुर । बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो ।

 

उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीय सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मृतक विकास र सचिन्द्र दाजुभाई हुन् ।

 

विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए । चारपाङ्ग्रेएउटा गाडीलाई ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो । टिपर तिब्र गतिमा थियो । ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर दीपक साहले भने ।, कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!