मलेशियामा कार्यरत कामदारको न्युनतम तलबमा वृद्धि,लाखौं नेपाली लाभान्वित

मलेशिया,भदौ २०। मलेशियन सरकारले आफ्नो देशमा कामगर्न कामदारको न्युनतम तलबमा वृद्धि गर्न घोषणा गरेको छ।

तलब वृद्धि गर्ने बारे केहि समय अघि बसेको रास्ट्रीय मजदुर सल्लाहकार परिषद (NWCC)को बैठकले उक्त प्रस्तावलाई अनुमोदन गर्दै बुधबार बसेको सचीव स्तरीए बैठकले आगामी जनवरी १ तारीख बाट लागू हुने गरि कामदारको न्युनतम तलब १ हजार ५० रिंगेट वा प्रतिघन्टा ५.०५ रिंगेट हुने निर्णय गरेको स्थानीय संचारमाध्यमले जनाएका छन्।

‘पाकातन हरापन’ गठबन्धनको प्रमुख १० चुनावी घोषणा मध्य एक कामदारको न्युनतम तलबमा वृद्धि गर्नु पनि रहेको हुँदा त्यसलाई कार्यनयन गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ।

याे पनि पढ्नुस  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्यो

‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित पार्न पनि सक्छ त्यसमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।
यस्तै प्रधानमन्त्री कार्यलयले कामदारको तलब वृद्धि लाई लिएर अत्यावश्यक बस्तुको बजार मुल्य वृद्धि नगराउन समेत सरोकारवाला निकाएलाइ ध्यानाकर्षण गराएको छ।
यसअघि मलेशियाका अधिकाम्स कम्पनीले कामदारलाई न्युनतम तलब ९५० रिंगेट देखि १ हजार रिंगेट सम्म दिदै आएका थिए भने आउदो जनवरी देखि सबैले तोकिएको तलब दिनैपर्न प्रावधान समेत बनाइएको छ।

याे पनि पढ्नुस  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्यो

मलेशियामा हाल ७ सात लाखको हाराहारिमा नेपाली कामदार कार्यरत रहेको अनुमान छ भने तलब वृद्धि गर्ने सरकारको घोषणा संगै नेपाली सहित लाखौं आप्रवासी कामदार लाभान्वित हुने भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!