प्रकाण्डलाई रिहा गर्न अदालतको चौथो आदेश, फेरि पक्राउ गरी दाङ लगिदै

भोजपुर, भदाै २० । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै फेरि प्रहरीले पक्राउ गरेको छ ।

बुधबार भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गरे लगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो । प्रकाण्डलाई बुधबार नै दाङ लगिएको छ ।

गएको साउन २२ गते राजधानीबाट पक्राउ परेका प्रकाण्डलाई यो समेत गरी चार पटक अदालतले रिहा गर्न आदेश दिइसकेको छ । यसअघि सर्वोच्च आदतले तीन पटक बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै रिहाको आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गर्ने गरको छ ।

उनलाई गएको मंसिरमा सम्मपन्न प्रदेशसभा चुनावका उम्मेदवार रहेका शेरधन राई चढेको गाडीमा बम विष्फोट गराएको अभियोग लगाइएको छ । जसमाथि सुनुवाई गर्दै बुधबार अदालतले धरौटीमा रिहा गरेको थियो ।

त्यसअघि उनलाई नुवाकोट अदालतमा पुर्याइएको थियो । नुवाकोट प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई सर्वोच्चको आदेशमा मंगलबार रिहा गरे लगत्तै पक्राउ गरी मंगलबार नै भोजपुर लगिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!